एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ । बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ ।

विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यी तीन प्रतिवेदन तयार पार्ने क्रममा एमालेको बैठकहरू चलिरहेको छ । मुख्य गरी विधान संशोधन एजेण्डा एमालेमा चर्को बहसको विषय बनिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१