• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पोखरामा १२ लाख चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । पोखरामा १२ लाख ३० हजार चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिकाका-९ स्थायी घर भएका २३ वर्षीय ओमबहादुर भुजेल रहेका हुन् ।

भुजेलले गत २ साउनमा पोखरा मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउका सञ्चालक संगीता भण्डारीको कोठाभित्र दराजमा राखिएको १२ लाख ३० हजार नगद चोरी गरेका थिए ।

चोरीको सूचनापछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय कार्यालय बैदामबाट प्रहरी टोली अनुसन्धानका लागि खटिएको थियो। भुजेललाई प्रहरीले चोरी भएको ९ लाख ९७ हजार नगदसहित ३ साउन राति लेक साइड डिहिकोपाटनबाट पक्राउ गरेको हो।

उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा १० दिनको थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ ।