• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जनकपुरमा युवतीको रहस्यमय मृत्यु, हत्या भएको माइतीको दावी

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा २३ वर्षीया शोभा मण्डल रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। चन्दन मण्डलकी श्रीमती शोभाको शव ओछ्यानमा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले बताएका छन् ।

उनका अनुसार राति साढे १२ बजे झुण्डिएर आत्महत्या गरेको खबर आए पनि शव ओछ्यानमा फेला परेको थियो ।परिवारजनले पासो काटेर शव ओछ्यानमा राखिएको बताएका छन्।

तर, शोभाको माइती पक्षले भने दाइजोको विषयमा झगडा हुने गरेको भन्दै हत्या भएको हुनसक्ने दाबी गरेको छ।

पाँच वर्षअघि चन्दनसँग विवाह गरेकी शोभाको एक छोरी पनि छिन्। उनको माइती महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा पर्छ।

हाल घटनाको अनुसन्धान भइरहेको छ भने यथार्थ पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले बताएको छ ।