भारतमा ठूलो दुर्घटनाबाट बच्यो १८८ यात्रु बोकेको विमान, ४० जना घाइते

काठमाडाैं । भारतमा आइतबार साँझ मुम्बईबाट पश्चिम बंगालस्थित दुर्गापुर गएको स्पाइस जेटको बोइङ ७३७–८०० मोडलको विमान ठूलो दुर्घटना हुनबाट बचेको छ ।

अवतरण गर्ने क्रममा आएको ठूलो आँधीको कारण विमानले सन्तुलन गुमाएको थियो । जसको कारण विमानमा सवार यात्रुहरु अतालिएका थिए ।

यही क्रममा केही यात्रुलाई लगेजहरु खसेर लागेको थियो । उक्त दुर्घटनामा परी ४० जना यात्रु घाइते भएका छन् भने १२ जनाको अवस्था गम्भीर रहेकाे भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

स्पाइसजेटले यो घटनामा दुःख व्यक्त गर्दै ठूलो आँधीको कारण विमान हल्लिएको र केही मानिस घाइते भएको उल्लेख गरेको छ । उक्त विमान मुम्बईबाट दुर्गापुरस्थित काजि नज्रुल इस्लाम विमानस्थलको लागि उडेको थियो ।

घटनाकाे विषयमा अनुसन्धान सुरु भएकाे स्थानीय अधिकारीले जनाएकाे समाचारमा उल्लेख छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१