दुर्गा प्रसाईँ फेरी पक्राउ पर्नसक्ने , धरौटी आदेशविरुद्ध सरकार सर्वोच्चमा जाने

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पुनः पक्राउ पर्ने संकेत देखिएको छ। धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा गम्भीर त्रुटि भएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले उक्त आदेश सर्वोच्च अदालतमा चुनौती दिने तयारी गरेको छ।

महान्यायाधिवक्ताको कार्यालयले पाटन उच्च अदालतको आदेश बदर गरी प्रसाईँलाई पुनः थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न निवेदन दिने निर्णय गरेको हो। कार्यालय स्रोतका अनुसार उक्त आदेश विधिसम्मत नभएको र मुद्दाको प्रकृति गम्भीर रहेको भन्दै पुनरावलोकनको आवश्यकता देखिएको हो।

यता, प्रसाईँलाई पुनः पक्राउ गर्न खोजिएको भन्दै चिकित्सक डा. सुनिल शर्माले गम्भीर खुलासा गरेका छन्। उनले हिजो राति नै केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का अधिकारीहरूले प्रसाईँलाई पुनः पक्राउ गर्न जेल पुगेको तर जेलरले छाडिदिएको दाबी गरेका छन्।

सीआईबीका टोलीले राति नै पक्राउ गर्न खोजेको थियो, तर जेल प्रशासनको सहयोग नपाएकाले सम्भव भएन,” डा. शर्माको भनाइ छ।

अब महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा जाने तयारीसँगै प्रसाईँ पुनः थुनामा पर्न सक्ने सम्भावना बलियो देखिएको छ। 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१