• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रिहाइको माग गर्दै लामिछाने अदालतमा, आर्थिक ग्यारेन्टी दिन सहमत

काठमाडौँ। सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् ।

आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका अदालत स्रोते जानकारी दिएको छ ।

अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् । लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् ।