• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

रविको निवेदनमाथि सुनुवाइ जारी, आदेश आजै आउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ जारी छ। निवेदनमाथि सुनुवाइ सकिए आजै आदेश आउने सम्भावना छ।

अदालतका अनुसार निवेदनमाथि सुनुवाइ सकिए आजै आदेश आउने सम्भावना छ ।  सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका  लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ भइरहेको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए। उनले बिगो बराबरको रकम बैंक ग्यारेन्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका छन्।