विप्लवले बोलाए केन्द्रीय कमिटीको बैठक

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेपछि यसको तरंग देशव्यापी प्रवाह भएको छ ।

माओवादीको निर्णयलाई नेकपाका नेताहरुले खण्डन गरेका थिए । प्रवक्ता प्रकाण्डले नै आफूहरुसँग एकताको लागि कुनै सहमति नभएको भन्दै माओवादीले हावामा तीर हानेको प्रतिक्रिया दिएका थिए ।

तर, महासचिव विप्लव एकताको लागि गम्भीर बनेको बताईन्छ । उनले पार्टीको केन्द्रीय समितिको बैठक आगामी भदौ २२ गतेको लागि बोलाएका छन् । बैठक विप्लवको आधार क्षेत्र कपिलवस्तुमा बोलाईएको छ ।

नेकपाको पार्टी हेडक्वार्टर नै कपिलवस्तुमा राखिएको छ ।नेकपाको यो केन्द्रीय कमिटीको बैठकले नै माओवादीसँग एकता गर्ने वा नगर्ने भन्नेबारे आधिकारिक निर्णय लिनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१