• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

बौद्धिक समुहमा विद्या भण्डारीको सदस्यता कायम राख्न वहस

काठमाडाैं । नेकपा (एमाले) निकट ४३३ जनाको बौद्धिक व्यक्तिहरुको समुहमा नेकपा (एमाले) का पूर्व उपाध्यक्ष, मदन-पत्नी तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता कायम राख्ने सम्बन्धि वहस भएको छ ।

दुई बर्ष अघि नै नवीकरण भैसकेको उहाँको पार्टी सदस्यता खारेज गर्नुले नेकपा (एमाले) लाई गम्भीर क्षेती पुग्ने भएकोले पार्टीले सो निर्णय फिर्ता लिन समेत सो वहसमा अनुरोध गरिएको छ । मदन भण्डारीले प्रतिपादन गरेको बिचार जनताको बहुदलीय जनबादको जग र बलमा पार्टीले असिमित उपलब्धि हाँशिल गर्दै नेपाली क्रान्तिको मौलिक सिद्धान्तको रुपमा सो आन्दोलनले राष्ट्रकै समृद्धिमा अतुलनीय योगदान गरिसकेको अवस्थामा उहाँकै पत्नी र परिवारलाई पार्टीमा तेजोबध नगर्न सो समुहमा बहस भएको हो ।

अधिकांश बौद्धिक व्यक्तिहरु सो वहसमा मौन रहेपनि कतिपय बौद्धिक व्यक्तिहरु भण्डारीको सदस्यता पुनः कायम हुनुपर्ने, उहाँको राष्ट्रिय/अन्तर्राष्ट्रिय व्येक्तित्वलाई पार्टी र राष्ट्रहितमा लगाउन पनि उहाँलाई एमालेको ढोका खुल्ला गरिनुपर्ने भनी माग गरिएको छ ।

सो वहसमा नेतृत्वकै बारेमा बहस नभएपनि पूर्व राष्ट्रपति जस्तो मान्छेलाई पार्टी नेतृत्वमा दावी गरेकै आधारमा कारवाही गरी सदस्यता खारेज गर्नुले व्यवस्थामाथि नै गम्भीर प्रश्न उठ्ने र आगामी दिनमा राजनीतिक व्यक्ति राष्ट्रपतिमा जाने ढोका बन्द हुने दावी समेत गरिएको छ । बिद्या माथिको कारवाहीले अवका दिनमा राष्ट्रपतिको उम्मेदवारको रुपमा सर्वोच्च अदालतका प्रधान न्यायाधिश, विज्ञानको क्षेत्रमा कुनै आविष्कार गरेका बैज्ञानिकहरु, खेल क्षेत्रमा स्वर्ण जितेका खेलाडीहरु तथा विश्वविद्यालयका प्राध्यापकहरु आदिलाई अनुरोध गर्ने स्थिति आउने दावी गरिएको, नाम बताउन नचाहने एक व्यक्तिले जानकारी गराए।

यस्तो अवस्थामा दलीय संघीय लोकतान्त्रिक गणतन्त्रमा गैर दलीय राष्ट्रपतिको परिकल्पना गर्ने कुरा ठ्याक्कै २०४७ को संबिधानतिर पुग्ने र गैर दलीय संबैधानिक राजाको अवधारणालाई सेवा गर्ने कुरा सो वहसमा उठेको छ । तर केहि बौद्धिक व्यक्तिहरुले भने राष्ट्रपति सम्मानित भएर राष्ट्रको अभिभावक भएर वसेको राम्रो हुने विचार व्यक्त गरेका छन् ।