• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाल र बंगलादेश ‘ए’ बीचको खेल आज

नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज बंगलादेश ‘ए’ टोली विरुद्धको खेल खेल्दैछ। टप एन्ड टी२० सिरिज अन्तर्गतको यो खेल आज डार्विन, अष्ट्रेलियामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

नेपालले अघिल्लो खेलमा हार बेहोरेपनि आजको खेलमा जित निकाल्दै आत्मविश्वास बढाउने लक्ष्य लिएको छ।