• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

गोङ्गबुको गेस्टहाउसमा पत्नी हत्या गरी फरार सन्तोष पर्साबाट पक्राउ

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित गेस्ट हाउसमा पत्नीको हत्या गरेर फरार भएका सन्तोष सेन्चुरीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। काभ्रेको भुम्लु घर भएका उनले गत साउन २७ गते २७ वर्षीया पत्नी ललिता विकलाई कञ्चन कोशी होटल एन्ड लजमा हत्या गरी पलङमुनि लुकाएर भागेका थिए।

हत्या लुकाउन सेन्चुरीले भोलिपल्ट, साउन २८ गते, प्रहरी वृत्त महाराजगन्जमा पत्नी हराएको भन्दै निवेदनसमेत दिएका थिए। तर साउन ३० गते राति प्रहरीले गेस्ट हाउसमा शव भेटेपछि उनी फरार भएका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पर्साबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउँदै गरेको जनाएको छ।