बालेन शाहमाथि स्थापितको आरोप : मेरो टाउको भएको तस्बिर बनाएर लौरोमा भोट मागियाे (भिडिओ)

काठमाडाैं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मेयरका अर्का स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि आफ्नो फोटो राखेर लौरोमा भोट मागेकाे आरोप लगाएका छन् ।

नयाँ बानेश्वरस्थित अल्फाबिटामा आयाेजित एक कार्यक्रममा उनले यस्ताे आराेप लगाएका हुन् । उनले भने, ‘एउटा कोठामा बसेर पाँच/सात सय मोबाइलबाट घाँटीसम्म टिसर्ट लगाएको उसको फोटोमा मेरो टाउको हालेर तल लौरो एउटा राखेर केशव स्थापितलाई जिताऔं, लौरोमा छाप हालौं भन्छ कस्तो बेवकुफ रैछ। गर्न पाइन्छ यस्तो?’

उनले राजनीतिमा यस्तो प्रवृत्तिलाई प्रश्रय दिन नहुने पनि जिकीर गरे । अगाडि उनले भने, ‘केशव स्थापितलाई जिताऔं भन्दै मेरो टाउको राखेर लौरोमा छाप हालौं भन्दै प्रचार गरेका रहेछन्,’ उनले भने, ‘हामीले पनि बालेनको फोटो राखेर लाल्टिनमा भोट हालौं भन्यो भने के हुन्छ ? यस्तो अपराध गर्न हुन्न ।’

यसअघि पनि स्थापितले बालेनलाई परिचय लुकाएर भोट माग्न नआउन भनेका थिए । स्थापितले परिचय खुलाएर आउन पनि बालेनलाई आग्रह गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१