दीपक मनाङे पदमुक्तसम्बन्धी अदालतको पूरा निर्णय सार्वजनिक

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र कुमार चुडालको संवैधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो । उक्त फैसलाको पूर्णपाठ आज सार्वजनिक गरिएको हो ।

सर्वोच्च अदालतबाट मिति २०८१ र ७ र २० मा प्रत्यर्थी दीपक मनांगे भन्ने राजीव गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् निज उक्त प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर भएको पूर्णपाठमा उल्लेख छ ।

संवैधानिक इजलासले उम्मेदवार हुन समेत अयोग्य भएका उनी विवरण झुक्काएर सांसद भएको ठहर गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१