सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार  चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा एक लाख ९९ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर दुई हजार तीन सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार तीन सय ४५  रुपैयाँमा कायम भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१