• २०८३ जेठ २५
  • 2026 June 08, Monday

रमेश लेखकको घरमा तोडफोड

  • २०८२ भदौ २४, मङ्गलबार ११:५८

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । नैकाप स्थित लेखकको घरमा युवाहरुले तोडफोडसहित आगजनी प्रयास गरेको सचिवालयले जनाएको छ ।

लेखकको घर अगाडि प्रदर्शन भइरहेको छ । काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो भने यसैकारण लेखकले सोमबार साँझ राजीनामा पनि दिएका थिए ।

  • २०८२ भदौ २४, मङ्गलबार ११:५८