• २०८३ असार २७
  • 2026 July 11, Saturday

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

  • २०८२ भदौ २४, मङ्गलबार १२:१०
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आव्हान गरेका हुन् ।
प्रधानमन्त्रीले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी समेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीद्वारा जारी अपिलमा भनिएको छ, “कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै अपनाउने विधि हो।  उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षको लागि सम्बद्ध पक्षसँग संवादमा रहेको उल्लेख गर्दै उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु ।”
प्रधानमन्त्री ओलीले सबैलाई यस विषम परिस्थितिमा संयम अपनाउन आव्हान समेत गरेको छन् ।
  • २०८२ भदौ २४, मङ्गलबार १२:१०