
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेकी छिन् ।
प्रधानमन्त्री कार्की शनिबार घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न सिभिल अस्पताल र ट्रमा सेन्टर पुगेकी हुन्।
उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छिन्।
जेनजी आन्दोलनमा घाइते भएकामध्ये अझै पनि ३ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।