
महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका हुन् ।
राष्ट्रपति कार्यालयले आइतबार महान्यायाधिवक्ताको कार्यालयलाई बडालले राजीनामा दिएको ब्यहोरा जानकारी गराएको हो । बडालले भदौ २४ देखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।
नेपालमा प्रधानमन्त्री फेरिएसँगै सरकारका महान्यायाधिवक्ताले समेत राजीनामा दिने परम्परा छ ।