• २०८३ असार २५
  • 2026 July 09, Thursday

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त, बनिन् पहिलो महिला महान्यायाधिवक्ता

वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।

योसँगै भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता समेत बनेकी छिन् ।

यसअघि राष्ट्रपति पौडेलले आजै निवर्तमान महान्यायाधिवक्ता केशव बडालको राजीनामा स्वीकृत गरेका थिए। राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयलाई बडालले राजीनामा दिएको ब्यहोरा जानकारी समेत गराएको थियो । बडालले भदौ २४ देखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

बडालको राजीनामा स्वकृत भएसँगै भण्डारी महान्यायाधिवक्ता बनेकी हुन् ।