चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन् ।
भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गरी उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको जानकारी दिए ।
अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको पनि बताए । उनले भने, ‘निर्वाचन जित्न असहज छैन ।’ भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार छिन् । गठबन्धनले बिहीबार चुनावी सभा आयोजना गरेकाे छ ।
सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन पुगिसकेका छन् ।