• २०८३ असार २५
  • 2026 July 09, Thursday

संसद् विघटन असंवैधानिक, जेनजी आन्दोलनको क्रममा भएका घटना छानबिन गर: काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘गत भाद्र २४ गतेको प्रदर्शनले सिंहदरबार लोकतन्त्रका आधार स्तम्भ कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका कार्यालय, दलका कार्यालय नेताहरूको निजी घर एवं डेरा र नेपालको उन्नतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक तोडफोड तथा आगजनीको कडा भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दछौँ ।’

त्यस्तै, नेपाली काँग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ । संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णय समेत भएको छ । साथै, केन्द्रीय समिति बैठक दसैँअघि नै बोलाउने निर्णय समेत गरेको छ ।