• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सेयर बजारमा भारित औसत गणना विधि स्थगन

  • २०८२ असोज ५, आइतबार १२:५२

सेयर बजारमा हाल रहँदै आएको भारित औसत गणना विधि स्थगन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार एक सूचना जारी गर्दै अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाइएको जनाएको हो । यो विधि हटेसँगै अब अन्तिम कारोबार मूल्यकै आधारमा सूचकहरू गणना हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । अन्तिम कारोबार मूल्यकै आधारमा सूचकहरू गणना विधिलाई आज परीक्षण गरिने र मङ्गलवारदेखि लागु हुने पराजुलीले उल्लेख गरेका छन् ।

नेप्से गत चैत ७ गतेबाट भारित औसत गणना विधि लागु गरेको थियो । जसअन्तर्गत २:४५ बजेदेखि ३ बजेसम्म कायम कारोबार भएका सबै सेयरको भारित औसत मूल्यलाई नै अन्तिम कारोबार मूल्य मानिँदै आएको थियो । तर यस विधिले बजार घटाएको भन्दै त्यसको विरोध हुँदै आएको थियो ।

  • २०८२ असोज ५, आइतबार १२:५२