काठमाडाैं । वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएको छ।
प्रवेशाज्ञा (भिसा) पाएसँगै नेपाली टोली त्यसतर्फ जान लागेको हो। जेनजी प्रदर्शनका कारण युएईले केही समयअघि नेपालीलाई पर्यटक तथा श्रम भिसामा रोक लगाएको थियो।
शुक्रबार नै यूएई प्रस्थान गर्ने तय भएपनि भिसा प्राप्त हुन नसक्दा नेपाली टोली जान पाएको थिएन । नेपाल क्रिकेट सङ्घ (क्यान)को आग्रहपछि मात्र युएईले आइतबार टोलीलाई प्रवेशाज्ञा दिएको हो।
नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध यही असोज ११, १३ र १४ गते युएईस्थित शारजाह क्रिकेट रंगशालामा टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका तय भएको छ।
यूएई जाने नेपाली टोलीको बिहीबार नै बिदाइ गरिएको थियो ।