• २०८३ जेठ २२
  • 2026 June 05, Friday

बडादशैंसँगै देश परिवर्तनको मार्गमा : उप्रेती

काठमाडाैं । राजनीतिज्ञ एवम समाजसेवी शोभित उप्रेतीले बडादशैंसँगै मुलुक परिवर्तनको मार्गमा प्रवेश गरेको बताएका छन् ।

बडादशैंको उपलक्ष्यमा शुभकामना दिँदै उप्रेतीले यो वर्षको दशै शुरु हुन अगाडि देशले होनाहार युवाहरु गुमाउनु परेको उल्लेख गर्दै नयाँ सरकारको औचित्य पनि समाप्त भएको बताए ।

युवाहरुको रगतको बलमा वनेको सरकार पूर्ण रुपले नवन्दै यसको औचित्य समस्प्त भएकाले देश चाडै नयाँ परिवर्तनको मार्गमा प्रवेश गर्ने उनको दाबी छ ।

नयाँ परिवर्तनले मुलुकको संकट अन्त्य भइ जनताका ईच्छा पूरा हुने उनको विश्वास छ ।