काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा अस्पतालबाट डिस्चार्ज हुन लागेका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका सभापति देउवा र पत्नी डा. आरजु राणा उपचारपछि बुधबार डिस्चार्ज हुन लागेका हुन् ।
आन्दोलनकारीले सभापति देउवाको काँधमा प्रहार गरेकाले टाँका लगाउनु परेको बताइएको छ । हाल टाँका निकालिएको र स्वास्थ्यमा सुधार भएकोले आज अस्पतालबाट डिस्चार्ज गरिने उनी निकट नेताहरुले बताएका छन् ।
बुढानिलकण्ठस्थित निवास हाल बस्न योग्य नभएकाले हाल सभापति देउवा ललितपुरस्थित ससुरालीमा बस्न सक्ने बताइएको छ ।
उनका लागि नयाँ भवन नखोजिएको र ललितपुरको झम्सिखेलमा रहेको आरजुको माइतीको घरमा बस्ने तयारी गरिएको बुझिएको छ ।