• २०८३ असार २५
  • 2026 July 09, Thursday

इलाममा बाढी पहिरोमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, धेरै बेपत्ता

  • २०८२ असोज १९, आइतबार १३:५७

विराटनगर । अविरल वर्षा र पहिरोका कारण इलाममा मानवीय क्षति लगातार बढ्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ३५ जनाको ज्यान गएको छ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी कालीदास धौवजीले दिएको जानकारी अनुसार अझै धेरै व्यक्ति बेपत्ता रहेका छन्। सुरक्षाकर्मीको टोली निरन्तर उद्धार कार्यमा सक्रिय छ र बेपत्ता तथा घाइतेको खोजी–उद्धारमा खटिएको छ।
धौवजीले थपे, ‘अविरल वर्षा र पहिरोका कारण पहुँच मुश्किल भएको स्थानमा उद्धार कार्य चुनौतीपूर्ण छ। सबै प्रभावित क्षेत्रमा तत्काल राहत र सुरक्षा सुनिश्चित गर्न प्रयास जारी छ।’

  • २०८२ असोज १९, आइतबार १३:५७