• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

विश्वकप छनोटमा नेपालको विजयी सुरुआत, भोली जापानसँग खेल्दै

आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। ओमनमा भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै बलियो प्रदर्शन गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन जोड्यो। ओपनर कुशल भुर्तेलले संयमित पारी खेल्दै ५६ बलमा ६६ रन बनाए। अन्त्यतिर गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ६ बलमा २० रन जोडे। कप्तान रोहित पौडेलले १६ र दीपेन्द्रसिंह ऐरीले १९ रनको योगदान दिए।

१४२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत १८.१ ओभरमा ८३ रनमै समेटियो। कुवेतका क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए। नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट लिए भने नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एक–एक विकेट झारे।

नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्नेछ।