• २०८३ असार २५
  • 2026 July 09, Thursday

एमालेलाई जनताको मनबाट हटाउन सकिँदैन: महासचिव शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी जनताको मनबाट कसैले हटाउन नसक्ने दाबी गरेका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा पोखरेलले षड्यन्त्रकारीहरूले षड्यन्त्र गरेर एमाले सरकारबाट बाहिरिन परे पनि जनताको हृदयबाट कसैले हटाउन नसक्ने धारणा  राखे।

पोखरेलले थपे, “सरकारबाट हामी हट्नुपर्‍यो, तर हामीले गरेका कामका कारण जनताको मन र मस्तिष्कबाट हट्न सक्दैनौँ। सत्य कुरा लिएर फेरि जनतामा जानेछौँ र जनताको माझ गएर राष्ट्रमा भएका षड्यन्त्रको जानकारी गराउनेछौँ।”

उनले संविधानवादको युगतर्फ देशलाई फर्काउने उद्देश्यका साथ जनतासँग जोडिनुपर्नेमा जोड दिए। साथै, २३ गतेको घटनालाई लिएर पार्टी अध्यक्ष केपी ओलीमाथि बानेश्वरमा हतियार चलाएको जस्तो कुप्रचार भइरहेको विषयमा पनि टिप्पणी गरे।