• २०८३ असार २५
  • 2026 July 09, Thursday

सरकार ज्ञानेन्द्र शाहले जस्तो जबर्जस्ती चुनाव गराउन खोज्दैछ : शंकर पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले राजनीतिक दललाई साइड लगाएर असोज १८ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको जस्तो चुनाव गराउन खोजेको आरोप लगाएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा उनले भने, “जबर्जस्ती गरिने चुनाव असोज १८ पछि पूर्वराजाले गरेजस्तो नाटक मात्र हुनेछ। राजनीतिक वातावरण शान्त नभएसम्म त्यस्तो चुनाव मान्य हुँदैन।”

पोखरेलले चुनाव अघि सबैभन्दा पहिले शान्ति सुरक्षाको वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले भने, “प्रहरीले शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा निल्दासम्म चुनाव सम्भव छैन। सुरक्षा निकायको मनोबल उठाउनु पर्छ र दलले जनताको विश्वास जित्नुपर्छ।”

उनले थपे कि भूमिगत गिरोहलाई ल्याएर राजनीतिक दललाई साइड लगाउँदै ज्ञानेन्द्र शाहको जस्तो चुनाव गराउने प्रयास भइरहेको छ। “यो सरकार चुनाव गराउन चाहन्छ भन्ने भ्रम मात्रै हो,” उनले स्पष्ट पारे।