• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

२ अंकसहित नेपाल सुपर सिक्समा, जापान ५ विकेटले पराजित

काठमाडाैं । टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ।

ओमानमा शुक्रवार भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। ब्याटिङमा उत्रिएको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनायो।

जबाफी ब्याटिङ गर्दै नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक रन बनाए।

आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई हराएको थियो। यही समूहअन्तर्गत अर्को खेलमा फेरि कुवेतलाई हराएको जापान र नेपाल दुवै ‘सूपर सिक्स’मा पुगिसकेका छन्।

लगातार दोस्रो जितपछि नेपाल समूह बी को समूह विजेता र जापान उपविजेता बन्दै सुपर सिक्समा पुगेका हुन्।

समूह ए बाट संयुक्त अरब एमिरेन्ट्स (युएई) र कतार सुपर सिक्समा पुगिसकेका छन्। समूह सी बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ।

सुपर सिक्समा नेपालले जापानबाहेक समूह ए र सी बाट आएका चार टोलीसँग खेल्नेछ। सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्नेछन्।