• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्तो छ विश्वकप छनोटको सुपर सिक्समा नेपालको खेल तालिका

काठमाडौं । ओमानमा जारी आइसीसी पुरुष टी२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट प्रतियोगितामा सुपर सिक्समा पुग्ने देशको टुंगो लागेको छ ।

शुक्रबार राती समूह चरणका खेलहरु सकिएसँगै सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् । जसमा आयोजक ओमानसहित नेपाल र युएई समूह विजेता हुँदै २२ अंक लिएर सुपर सिक्समा पुगेका छन् ।

त्यस्तै, कतार जापान र सामोआ उपविजेता हुँदै सुपर सिक्समा पुगेका छन् ।

त्यसैगरी समूह ए बाट मलेसिया, समूह बी बाट कुवेत र समूह सी बाट पिएनजी भने समूह चरणबाट बाहिरिएका छन् ।

अब समूह चरणका खेल आइतबारदेखि शुरु हुनेछन् । नेपालले आइतबार युएईको सामना गर्ने छ भने सोमबार कतारविरुद्ध खेल्ने तालिका तय भएको छ ।

त्यस्तै, बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआसँग खेल्ने तालिका तय भएको छ ।

सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् ।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ ।