• २०८३ जेठ २२
  • 2026 June 05, Friday

रिहा हुने इजरायली बन्धकहरूको सूची सार्वजनिक, छैन विपिनको नाम

काठमाडाैं । हमासले आज छुट्ने २० जना जीवित बन्धकहरूको सूची सार्वजनिक गरेको छ।

सोमबार बिहान हमासले इसराइललाई सोमबार छुट्ने २० जना बन्धकको सूची दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

हमासले सार्वजनिक गरेको सूचीअनुसार रिहा हुने इजरायली बन्धकहरूमा एल्काना बोहबोट, मातान एङ्ग्रेस्ट, अविनातान ओर, योसेफ-हाइम ओहाना, एलोन ओहेल, एव्यातार दाभुड, गाय गिल्बोआ-दलाल, रोम ब्रास्लाभस्की, र जुम्ल्याहा दाजुभाइ गाली तथा जिव बेर्मान छन्।

यसैगरी, रिहा हुनेहरूमा एतान मोर, सेगेभ काल्फोन, म्याक्सिम हर्किन, एतान हर्न, बार कुपर्सटाइन, ओम्री मिरान, र दाजुभाइ डेभिड कुनियो तथा एरिएल कुनियो पनि समावेश छन्।

सूचीमा इजरायली सैनिकहरू निम् रोड कोहेन र मातान जाङ्गाउकरको नाम पनि उल्लेख छ। नेपालका विपिन जोशीको नाम भने सूचीमा समावेश छैन। उनको अवस्था अझै अज्ञात रहेको छ।