काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले १२६ बलमा शतक पूरा गरे ।
अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो दोस्रो एकदिवसीय शतक हो । यसअघि उनले सन् २०२२ मा पपुवा न्युगिनीविरूद्ध घरेलु मैदानमा शतक प्रहार गरेका थिए । सो खेलमा उनले १२६ रन बनाएका थिए ।