• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विश्वकप लिग-२ : रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले कप्तान रोहितकुमार पौडेलको शतकमा युएईलाई २३४ रनको लक्ष्य दिएको छ ।

दुबईमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३३ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १०९ रन बनाए। रोहितले १३० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

एकदिवसीय खेलमा रोहितको यो दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ पिएनजीविरूद्ध शतक प्रहार गरेका थिए ।

खराब सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेलले जम्मा ७ रनमा आउट भए भने भीम सार्की ३ रनमा आउट भए ।

आसिफ शेखले ३५ रन जोड्दा नेपालको इनिङ सम्हालिएको थियो । यस्तै, आरिफ शेखले पनि २७ रन जोडे । दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे । सोमपाल कामीले ६ रन बनाए । अन्तिम ओभरमा एक चौका र एक छक्का प्रहार गरेका करण केसीले ८ बलमा १३ रन जाेडे ।

बलिङमा युएईका जाहिद अलीले ४ विके लिए भने जुनइद सिद्धिकीले ३ विकेट हात पारे।