शनिबार राति देशका अधिकांश स्थानमा वर्षा हुन्छ : महाशाखा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार राति देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ । यतिबेला काठमाडाैं उपत्यकामा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि विस्तारै मौसम धुम्म हुँदै गएको हो ।

शनिबार राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । बेलुकातिर प्रदेश नम्बर एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१