• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेपछि भारतमा खुशीयाली

एजेन्सी । भारतीय महिला क्रिकेट टोलीले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेपछि भारतमा खुशीयाली मनाइएको छ ।

आइतबार मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक उपाधि जितेपछि भारतमा ‘राष्ट्रिय उत्सव’ मनाइएको हो ।भारतीय टोलीले इतिहासमा पहिलो पटक आईसीसी महिला विश्वकप २०२५ को ट्रफी उचालेपछि राष्ट्र उत्सवमा गुन्जिएको हो ।

कप्तान हरमनप्रीत कौर नेतृत्वमा स्मृति मन्धाना र दीप्ती शर्माको अलराउन्ड प्रतिभाले भारतको सफलतालाई मूर्त रूप दिएको थियो ।

बलरहरूले अन्तिम ओभरहरूमा आफ्नो प्रश्तुतीलाई नियन्त्रणमा राखिनुलाई एउटा अविस्मरणीय विजयका रुपमा लिइएको थियो ।

यता, प्रधानमन्त्री नरेन्द्र मोदीले टोलीलाई बधाई दिँदै जितलाई ‘प्रत्येक भारतीयका लागि गर्वको क्षण’ भनेका छन् ।

दिल्लीदेखि मुम्बई र लखनऊदेखि चेन्नईसम्म, प्रशंसकहरूले आतिशबाजी, ‘भारत, भारत’ को नारा र झन्डा फहराउँदै उत्सव मनाए।

क्रिकेट समर्थकहरुले यो जितलाई भारतमा महिला क्रिकेटको लागि नयाँ युगको सुरुवातको रूपमा स्वागत गरे।

भारतले यसअघि पनि २ पटक फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन । दक्षिण अफ्रिकाले पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।