काठमाडाैं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ।
दुबईमा टस जितेको घरेलु टोली युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा २३९ रन जोड्यो।
नेपालका भीम सार्कीले सर्वाधिक ४८, कुशल मल्लले ४५ रन बनाए। यूएईका जुनैद सिद्दिकी, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले २/२ विकेट लिए।
यूएईमा चलिरहेको त्रिदेशीय शृङ्खलाकाे याे अन्तिम खेल हाे। शृङ्खलामा घरेलु टाेली यूएई, नेपाल र अमेरिका सहभागी छन्। आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ।
नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले र अमेरिकासँग अर्को खेलमा ४ विकेटले पराजित भएको थियो ।
यस्तै, नेपाल यसअघि यूएईसँगको खेलमा ५ विकेटले पराजित भएको थियो ।
नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अमेरिका २४ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यूएई १९ खेलमा ८ अङ्कसहित तालिकाको पुछारमा छ ।