• २०८३ जेठ २२
  • 2026 June 05, Friday

जय बागेश्वरीमा ब्रह्माको मन्दिर, बालेन–सुनिताले गरे उद्घाटन

काठमाडौँ । काठमाडौं महानगपालिका–८ जयबागेश्वरी स्थित पुनर्निर्मित ब्रम्हा मन्दिरको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल सहभागी भएका छन् ।

मन्दिर समुद्घाटनपछि बोल्दै उपप्रमुख डंगोलले, प्राचीन मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनस्थापित गर्न लागिरहेको बताइन् । डंगोलले संसारका विभिन्न कुनामा नेपालको भगवान वा सम्पदाहरु चोरेर लगेको दाबी पनि गरिन् । उनले चोरी भएका सम्पदाहरु पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनस्थापना गर्ने काममा काठमाडौं महानगरपालीकाले सक्दो भूमिका खेलिरहेको बताइन् ।

त्यस्तै उनले ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सफल भएको बताइन् । उनले केही समय अघि इथुमबहालमा ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सकेको बताइन् । उनले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको जानकारी दिइन् ।

उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको पनि बताइन् । यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन् गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो ।

मन्दिरको मूर्ति गौशाला प्रहरी वृत्तमा राखिएको थियो । चतुर्मुख व्रह्माको यो मूर्तिलाई पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार कार्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गराइएको हो ।

करिब २०३६ सालतिर यो मूर्ति चोरिएको थियो । चोरेर लैजाने क्रममा टाढा पुर्‍याउन नसकेपछि चोरले छोडेर भोगेका थिए । त्यसपछि प्रहरीले मूर्तिलाई संरक्षणमा राखेको थियो ।