सुरेन्द्र पाण्डेको प्रश्न- रेणुमाथि देउवाको कति प्रेम बसेछ ?

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र रेणु दाहालको राजनीतिक पिरती धेरै दिन नटिक्ने बताएका छन् ।

नेकपा एमालेको चुनावी सभालाई सम्बाेधन गर्दै नेता पाण्डेले देउवाले यसअघि रेणुलाई मेयरमा मैले उठाएको भनेर दाबी गरेको प्रसङ्ग उक्काउँदै भने, ‘देउवाको रेणु र प्रचण्डमाथि बसेको पिरती च्याउरे पिरती हो, धेरै दिन टिक्दैन, यो पिरती केही दिनको लागि हो ।’

कांग्रेसका उम्मेदवारलाई नजिताए केन्द्रबाट बजेट पारिन्नँ भनेर प्रधानमन्त्री पत्नी आरजु देउवाले भनेको प्रसङ्ग निकाल्दै नेता पाण्डेले भने, ‘कांग्रेसलाई अहिले पनि राणा शासन छ भन्ने भ्रम रहेछ, प्रधानमन्त्री पत्नीज्यू जनताको करको ढुकुटी मनलाग्दी गर्न पाइन्छ ? अहिले राणा शासन छैन, भ्रममा नपर्नूस् ।’

उनले एमालेका उम्मेदवार विजय सुवेदीलाई भरतपुर महानगरको मेयरमा जिताए नयाँ भरतपुर बन्ने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१