थप १७ जनामा कोरोना संक्रमण, २१ जना संक्रमणमुक्त

काठमाडाैं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ९ सय ५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, १ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरानोका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, थप २१ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ८९ जना निको भएका छन् ।

हाल नेपालमा २ सय १ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१