
रुकुम । रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ ।
आपसी विवादका क्रममा दुई पक्षीयबीच झडप भएको हो । झडपका क्रममा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
झडपमा दुवै पक्षका गरी १० जना घाइते भएकाे बताइएकाे छ । मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा छ ।