• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

मदिना गइरहेको बस ट्यांकरसँग ठोक्किँदा ४२ भारतीयको जलेर मृत्यु

काठमाडौं । साउदी अरबको मदिना नजिक भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना पर्दा कम्तिमा ४२ जनाको मृत्यु भएको छ । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार डिजेल बोकेको ट्यांकरसँग ठोक्किएपछि बसमा आगलागी हुँदा अधिकांश तीर्थयात्रीको जलेर मृत्यु भएको हो।

मृत्यु भएकामध्ये सबैभन्दा धेरै हैदरावादका नागरिक रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रारम्भिक विवरणअनुसार हैदरावादको मल्लेपल्लीस्थित बजारघाट क्षेत्रका १६ जनाको मृत्यु भएको पुष्टि हुन आएको छ। अन्य मृतकहरूको पहिचान प्रमाणीकरण गर्ने काम जारी छ।

दुर्घटनामा परेका व्यक्तिहरुको समूह नोभेम्बर ९ मा हैदरावादबाट उमराहका लागि मक्का प्रस्थान गरेको थियो। मक्का हुँदै मदिना फर्कने क्रममा दुर्घटना भएको पीडितका एक आफन्तले बताएको समाचारमा जनाइएको छ ।