काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करण अन्तर्गत राति हुने खेल हेर्न आउने विशेष दर्शकहरुलाई नि:शुल्क बसको व्यवस्था गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट खेल हेरेर फर्किने आफ्नो सवारी साधन नभएका विशेष गरि महिला, वृद्ध, र अशक्तहरूको लागि निःशुल्क बस सेवा सुचारु हुने भएको हो ।
युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुने उनीहरूका लागि नि:शुल्क बस सेवा सुरू गरिएको युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले जानकारी दिए ।
मन्त्री गुप्ताका अनुसार नि:शुल्क बस सेवाका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको छ । उनका अनुसार यो सेवा आजदेखि खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।
हेर्नुहोस् रूटहरू
रुट १: टीयू गेट – स्वयम्भू – बालाजु
रुट २: टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
रुट ३: टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बनेश्वर – तिनकुने – गौशाला – चाबहिल
रुट ४: टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर