काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा ब्याटिङ नचल्दा लुम्बिनी लायन्सले काठमान्डु गुर्खाजसँग हार बेहोरेको छ ।
काठमान्डुले लुम्बिनीसँग २२ रनको जितको निकालेको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रनको लक्ष्य दिएको थियो ।
उक्त लक्ष्य पछ्याउँदै १३५ रन बनाएको लुम्बिनीलाई १९.१ ओभरको खेलमा काठमाण्डुले अलआउट गर्यो । काठमाडौंका कप्तान करण केसीले अन्तिम विकेट लिएका हुन् ।
यस अघि तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक रहेको थियो ।