• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कर्णालीमाथि काठमान्डुको ५ विकेटको जित

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्समाथि ५ विकेटको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकृट मैदानमा भएको खेलमा कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनाएर १५० रनको लक्ष्य दिएकोमा काठमान्डुले कर्णालीलाई १८ ओभरमै पराजित गरेको हो ।

काठमान्डुलाई जित दिलाउन गेराल्ड इरासमस र जोन सिमसनले ७६ रनको साझेदारी गरे । आजको जितसँगै काठमान्डुको ८ अंक भएको छ र तालिकाको दोस्रो स्थानमा पुगेको छ र प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ ।

कर्णालीको भने यो चौथो हार हो । योसँगैै प्लेअफमा पुग्न उसलाई बाँकी सबै खेलमा जितसँगै अन्य टोलीको नतिजामा भर पर्नु पर्ने भएको छ । । कर्णालीका लागि गुल्सन झाले उत्कृष्ट पारी खेलेका थिए । उनले २२ बलमा नटआउट ४९ रन बनाए । पवन सर्राफले ३५ र मार्क वाटले ३० रन जोडे । तर त्यसका बाबजुद हार टार्न सकेनन् ।