
काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ ।
जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज इन्जिन फेल भएपछि काठमाडौं फर्किएकाे थियाे ।
अहिले जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएकाे छ । थप विवरण आउन बाँकी छ ।
फाइल तस्बिर ।