Category: खेल

खेल

  • कुशल भुर्तेलकाे अर्धशतक

    कुशल भुर्तेलकाे अर्धशतक

    काठमाडौं । कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

    ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा कुशलले अर्धशतक पूरा गरेका हुन् । कुशलले ३२ बलमा ९ चाैका प्रहार गरी अर्धशतक पूरा गरेका हुन् ।

    टी २० आईमा कुशलको यो पाँचौँ अर्धशतक हो । टस हारेर ब्याटिङ गरिररहेकाे नेपालले २ विकेट गुमाएर १०० रन पूरा गरिसकेकाे छ ।

  • फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, गुम्याे २ विकेट

    फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, गुम्याे २ विकेट

    काठमाडाैं । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत दोस्रो खेलमा शनिबार फिलिपिन्सविरुद्ध ब्याटिङ गरिरहेकाे छ । फिलिपिन्सविरुद्ध ब्याटिङमा उत्रिएको नेपालले दोस्रो विकेट गुमाएको छ ।

    अल अमारेत मैदानमा जारी खेलमा नेपालले कुशल मल्लको विकेट गुमाएको हो । कुशल १२ रनमा आउट भए ।

    फिलिपिन्सका मिग्गी पोडोस्कीले कुशलको विकेट लिए । नेपालले ६ ओभर बलिङ गर्दा २ विकेट गुमाएर ३६ रन जोडेको छ ।

    नेपालले पहिलाे विकेटकाे रुपमा आशिफ शेख गुमाएको हो । आशिफ शुन्यमा आउट भए । फिलिपिन्सका ड्यानियल स्मीथले आफ्नो पहिलो ओभरको पहिलो बलमै आशिफको विकेट लिएका थिए ।

  • नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

    नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

    काठमाडाैं । प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरका छन् ।

    ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

    यस जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ । सोही प्रतियोगिताअन्तर्गत नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ । विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

    ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । प्रतियोगिता फाइनल पुग्ने दुई शीर्ष टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने ‘टि २०’ विश्वकपमा स्थान बनाउने छन् ।

  • नेपालकाे उत्कृष्ट बलिङ, ओमानमाथि शानदार जित

    नेपालकाे उत्कृष्ट बलिङ, ओमानमाथि शानदार जित

    काठमाडौं । ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले ओमानविरुद्ध शानदार जित निकालेकाे छ ।

    नेपालले ओमानलाई ३९ रनले पराजित गरेकाे हाे । ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् ।

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमनले १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमात्र बनाउन सक्याे ।

    खेलमा नेपालले सुखद् सुरुवात गर्न सकेकाे थिएन । नेपालले सुरुवातमा आशिफ शेखलाई ४ र कुशल भुर्तेललाई ५ रनमै गुमाएको थियाे ।

    त्यसपछि आएका ज्ञानेन्द्र मल्लले १५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरी ११ रनमा पभेलियन फर्किए । धर्मराएको नेपालको ब्याटिङ लाइन आरिफ शेखले सम्हालेका थिए । उनले ३८ रन बनाएका थिए । त्यसबाहेक लोकेश बम र कप्तान सन्दीप लामिछानेले समान १६ रन बनाए ।

    जवाफी ब्याटिङमा उत्रिएको ओमनका ओपनर कश्यप प्रजापतिलाई रन नजोड्दै कमलसिंह ऐरीले आउट गराए । त्यस्तै, आयन खान ३ रनमा आउट हुँदा जतिन्दरसिंह ९ रनमा पभेलियन फर्किए । ओमनका सुरुवाती ५ ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न नसक्दा नशिम खुशीले १८ बलमा १ चौका र २ छक्काको सहायतामा ओमनको पारी उकासेका थिए ।

    नेपालले अर्को खेलमा शनिबार फिलिपिन्सको सामना गर्नेछ । अर्काे खेल साेमबार क्यानडासँग खेल्नेछ ।

  • नेपालले दियाे ओमानलाई ११८ रनकाे लक्ष्य

    नेपालले दियाे ओमानलाई ११८ रनकाे लक्ष्य

    काठमाडौं । ओमानमा जारी टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल ११७ रनमा सीमित भएकाे छ । टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ८ विकेटको क्षतिमा ११७ रन मात्र बनाउन सफल रह्याे ।

    नेपालका लागि आरिफ शेखले ३८ रन बनाउनुबाहेक अन्यले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । ओमानका लागि खवार अलीले तीन र विलाल खानले दुई विकेट लिए ।

  • टि२० विश्वकप छनोट : ओमानविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

    टि२० विश्वकप छनोट : ओमानविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

    काठमाडाैं । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट एको पहिलो खेलमा ओमानविरुद्ध टस हारेकाे छ ।

    अल अमरेत क्रिकेट मैदानमा १ मा घरेलु टोली ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

    यसअघि चार देशबीच टि२० आई सिरिजमा नेपाल ओमानसँग ६ विकेटले विजयी भएकाे थियाे । उक्त खेलमा १ सय ३६ रनको विजयी लक्ष्य नेपालले ४ विकेट गुमाएर १९.३ ओभरमा पूरा गरेको थियो ।

  • शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

    शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

    काठमाडाैं । मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो । मछिन्द्रले अब १२औँ चरणको खेलमा थ्रीस्टार क्लब र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग खेल्न बाँकी छ । यी दुवै खेलमा हार बेहोरे पनि दोस्रो स्थानको टोलीले मछिन्द्रलाई भेट्ने छैन ।

    अङ्क तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले ११ खेलमा २९ अङ्क जोडेको छ । मछिन्द्र दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबभन्दा ९ अङ्कले अघि रहेको छ । १० खेल खेलेको मनाङको २० अङ्क रहेको छ । मनाङले अब तीनै खेल जिते पनि ‘हेड टू हेड’का आधरमा मछिन्द्र नै अगाडि हुनेछ ।

    त्यस्तै मछिन्द्रले ११ खेलमा ९ जीत र २ बराबरीको नतिजा निकालेको छ । मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि मछिन्द्रले २०७६ सालमा भएको ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । त्यतिबेला मछिन्द्रले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

    मछिन्द्रको जीतमा अजरबैजानका खेलाडी नुर्लान नोभ्रोजोभ नायक बने । उनले खेलको ५३औँ मिनेटमा गरेको एक गोल नै मछिन्द्रका लागि निर्णायक गोल साबित बन्यो । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडलाई सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए पनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गर्न सफल भए ।

    यस हारसँगै ११ खेल खेलेको सातदोबाटोले १५ अङ्क जोडेको छ । सातदोबाटो अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।

  • म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा

    म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा

    काठमाडाैं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ ।

    बुधबार बिहान ब्राइटनसँग भएको खेलमा युनाइटेडले २–० गोलकाे जित निकालेकाे हाे । युनाइटेडकाे जितमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजले गोल गरे ।

    रोनाल्डोले खेलको ५१ औं मिनेटमा र ब्रुनोले इन्जुरी समयमा गोल गरे ।

    जितपछि युनाइटेड २५ खेलबाट ४३ अंकसहित अंकतालिकामा चौथो स्थान छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ ।

    लिगमा म्यानचेस्टर सिटी ६३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै, लिभरपुल ५४ अंकका साथ दोस्रो र चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा छ ।

  • आवश्यकताले नभई दयाका आधारमा बजेट विनियोजन भएको छ : मन्त्री गहतराज

    आवश्यकताले नभई दयाका आधारमा बजेट विनियोजन भएको छ : मन्त्री गहतराज

    काठमाडाैं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रालयको कार्य जिम्मेवारी, खेलकुदको विकास र विस्तार तथा जनसङ्ख्याका तुलनामा मन्त्रालयका लागि विनियोजित बजेट अत्यन्त न्यून भएको भनी गुनासो गरे ।

    प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उनले खेलकुदलाई अनउत्पादक क्षेत्र भन्ने राज्यको बुझाई रहेको विषय बजेट विनियोजनबाटै छर्लङ रहेकोे आफूले अनुभव गरेको बताए ।

    मन्त्री गहतराजले भने, “राष्ट्रिय बजेटको १.१६ प्रतिशत मन्त्रालय र मातहतका निकायका लागि विनियोजन भएको छ, यो बजेट आवश्यकताले नभई दया गरेर विनियोजन भएजस्तो भान हुन्छ, मुलुकको जनसङ्ख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाका लागि सम्पूर्ण कार्यक्रम यसबाट सञ्चालन गर्नुपर्ने बाध्यता छ ।”

    विनियोजित बजेटबाट खेलाडीको मनोबल उच्च राख्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउन निकै चुनौती रहेको उल्लेख गर्दै उनले युवालाई सशक्तीकरणका लागि आधार तयार गर्न यो बजेटले धान्छ कि धान्दैन भनी आश्चर्य प्रकट गरे ।

    युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले राष्ट्रिय खेलकुद विकास नियमावलीमा सरोकारवालाको रायसुझाव समावेश गरी मस्यौदालाई अन्तिमरुप दिने कार्य गरिरहेको जानकारी दिए ।

    मन्त्रालय र मातहतका निकायबाट भइरहेका कार्यप्रगतिको विवरण प्रस्तुत गर्दै उनले राष्ट्रिय प्रतियोगितामा समावेश हुने ३७ खेल विधाका लागि मुलुकभरबाट २१ हजार खेलाडीका लागि आधारभूत खेलकुद प्रशिक्षण प्रदान भइरहेको छ भने । एशियन तथा ओलम्पिक खेलकुदमा समावेश हुने २६ खेलका ७५० खेलाडीको लागि नियमित प्रशिक्षण चलिरहेको पनि सो अवसरमा जानकारी दिइयो ।

    यसअघि बैठकमा सदस्यले प्राप्त बजेटकै पुँजीगत खर्च अन्त्यन्त न्यून रहेको चिन्ताको विषय भएको तथा खेल क्षेत्रलाई राष्ट्रको प्राथमिकतामा राखेर गुणात्मक नतिजा हासिल गर्नेतर्फ मन्त्रालयको जोडबल आवश्यक रहेको सुझाव दिए ।

  • दिपेन्द्रकाे उत्कृष्ट प्रदर्शन, आयरल्यान्डबाट नेपालले पायाे १२८ रनको लक्ष्य

    दिपेन्द्रकाे उत्कृष्ट प्रदर्शन, आयरल्यान्डबाट नेपालले पायाे १२८ रनको लक्ष्य

    काठमाडौं । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आयरल्यान्डबाट एक सय २८ रनको लक्ष्य पाएको छ ।

    टस जितेर फिल्डिङ राेजेकाे नेपालका लागि ब्याटिङ अलराउन्डर दिपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गरे ।

    दिपेन्द्रले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए ।