Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • बाबुराम भट्टराईको चेतावनी : एमसीसी पारित गरौँ, अन्यथा गठबन्धन नटुटोस्

    बाबुराम भट्टराईको चेतावनी : एमसीसी पारित गरौँ, अन्यथा गठबन्धन नटुटोस्

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन् ।

    अन्यथा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्ने चेतावनी पनि उनले दिएका छन् ।

    एमसीसी पारित नभए देश थप कंगाल हुने उनकाे दाबी छ ।

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौँ । सबै एकमुख भएर जनतालाई बुझाऊँ । यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस् । देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’

  • कोरोना अपडेटः २४ घन्टामा ३२ को मृत्यु, ३५ सय थपिए

    कोरोना अपडेटः २४ घन्टामा ३२ को मृत्यु, ३५ सय थपिए

    काठमाडाैं ।  नेपालमा आइतबार ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ९ सय १० पिसिआर परिक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा  कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ भने थप ६ हजार ५ सय ५९ संक्रमित निको हुँदा नेपालमा ८ लाख ५४ हजार ७ सय १९ संक्रमित निको भएका छन् । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै  हाल नेपालमा ८३ हजार ९ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

     

     

     

  • नेप्सेमा हरियाली, १०५ अंकले बढेर २८ सय ८५ बिन्दुमा

    नेप्सेमा हरियाली, १०५ अंकले बढेर २८ सय ८५ बिन्दुमा

    काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५ अंकले बढेको छ ।

    गतसाता लगातार घटेकाे नेप्से यो साताको पहिलो कारोबार दिनमा नै १०० अंकभन्दा बढिले उकालो लागेको हो ।

    आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

    आइतबार ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, दुईवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

  • सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव भएकाे हाे : प्रधानमन्त्री देउवा

    सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव भएकाे हाे : प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् ।

    सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताए ।

    सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखे । सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पार्दै सच्चा सहिदको अभिलेख तयार गर्न सम्बन्धीत निकायलाई निर्देशन पनि दिए ।

    प्रधानमन्त्रीले भने, ‘मुलुकको अबको गन्तव्य भनेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकलन्त्र र सङ्घीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लाने हो ।’

    काेरोना महामारीका कारण यस वर्ष प्रभातफेरी कार्यक्रम गरिएन । लैनचौरको सहिद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम गरेर सहिद सप्ताहको समापन गरियो ।

  • जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव

    जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

    शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

  • स्थानीय चुनावबारे सहमति जुटाउन सत्ता गठबन्धनको दोस्रो बैठक सुरु

    स्थानीय चुनावबारे सहमति जुटाउन सत्ता गठबन्धनको दोस्रो बैठक सुरु

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको दोस्रो बैठक शुरु भएको छ ।

    स्थानीय निकाय निर्वाचनलगायतका विषयमा विचार-विमर्श गर्न गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे हो ।

    शनिबार बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बाहेक चार वटै राजनीतिक पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।

    सहमति जुटे स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर केही समय पछि सार्ने गठबन्धन दलका नेताको प्रस्तावमा विरोध भएपछि नेताहरू पछि हट्दै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा पुगेका हुन् ।

    गठबन्धनमा नेपाली काँग्रेस वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा रहे पनि अन्य दल केही समय पछि सारेर निर्वाचन गर्नुपर्ने पक्षमा उभिँदै आएका थिए । तर उक्त प्रस्तावमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, निर्वाचन आयोग, संविधानविद् लगायतले असहमति जनाएपछि खास गरी नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र वैशाख या जेठ महिनाभित्र चुनाव गर्न सकारात्मक भएका छन् ।

  • थपिए ४ हजार ९ सय ४ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

    थपिए ४ हजार ९ सय ४ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा शनिबार ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १० हजार १०१ पिसिआर परिक्षणका क्रममा ३ हजार ३ सय १८ जना र ४ हजार ४ सय ६१ एन्टीजेन परिक्षणका क्रममा १ हजार ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ ।

    त्यस्तै, कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३ जनाको मृत्यु भएको छ ।

    त्यस्तै, थप ५ हजार ९ सय २४ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ४८ हजार ३ सय ६० जना निको भएका छन् ।

    हाल नेपालमा ८७ हजार ३ सय २९ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

     

  • आइतबार संसद बैठक, सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    आइतबार संसद बैठक, सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    काठमाडौं । सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

    संसद बैठक आइतवार दिउँसो १ बजे बस्दैछ । सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दबाब छ । तर, संविधान र कानुन बाझिएकाले त्यसलाई संशोधन गर्नुपर्ने सुझाव छ ।

    स्थानीय तहको निर्वाचन मिति तोक्न ढिलाइ भइरहेका बेला संसदको बैठक बस्न लागेको हो ।

    नेकपा एमालेले भदौदेखि संसद बैठक अवरुद्ध गरिरहेको छ । कार्यव्यवस्था परामर्श समिति बैठकले संसद बैठकमा पेश हुने एजेन्डा तय गर्ने अभ्यास छ । तर एमालेले अडान नछाडेका कारण संसदको अवरोध हट्ने सम्भावना न्यून छ ।

  • स्थानीय चुनावबारे सत्ता गठबन्धनले कानुनविद्सँग परामर्श गर्ने

    स्थानीय चुनावबारे सत्ता गठबन्धनले कानुनविद्सँग परामर्श गर्ने

    काठमाडाैं । स्थानीय चुनावको मिति तय गर्ने विषयमा सत्तारुढ गठबन्धनले फेरि कानूनविद्सँग परामर्श गर्ने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले फेरि कानूनविद्सँग परामर्श गर्ने सहमति गरेको हो । त्यसपछि शनिबार अर्को बैठक बस्ने तय भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग श्रेष्ठले भने, ‘कानूनविद्हरूसँग थप परामर्श गर्ने र बेलुकी ४ बजे पुनः गठबन्धनको बैठक बस्ने गरी अहिलेको बैठक सकिएको छ ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि शनिबार सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा राष्ट्रिय जनमोर्चा बाहेक चारै दलका शीर्ष नेता सहभागी थिए ।

    गठबन्धनको बैठकमा स्थानीय चुनावको मिति तोक्ने विषयमा छलफल भएको छ ।

  • उपत्यकामा आजदेखि नयाँ नियम, सिडिओले जारी गरेकाे आदेशमा के भनिएकाे छ ?

    उपत्यकामा आजदेखि नयाँ नियम, सिडिओले जारी गरेकाे आदेशमा के भनिएकाे छ ?

    काठमाडौं । उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ ।

    माघ ७ गतेदेखि लागू भएको निर्णय एक सातामै परिवर्तन भएको हो । स्वास्थ्य मापदण्ड अपनाएर सवारी चलाउने दिने निर्णय भएको हो । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने पनि सिडिओको आदेशमा उल्लेख छ ।

    सार्वजनिक सवारीमा जोर बिजोर लागू हुँदा झनै भीड बढेको भन्दै सिडिओहरुको निर्णयको आलोचना भइरहेको थियो । कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा जोर बिजोर हटाइएको हो ।

    यस्तै, बैठकले विद्यालय, विश्वविद्यालयको भौतिक कक्षा माघ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको थियो । शिक्षण सिकाइलाई भने भर्चुअल रुपमा जारी राख्ने निर्णय बैठकले गरेको छ ।

    सार्वजनिक स्थानमा कोप कार्डलाई अनिवार्य गर्ने यसअघिको निर्णय यथावत नै राखिएकाे छ ।

    यस्ताे छ आदेश :