आइतबार संसद बैठक, सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

संसद बैठक आइतवार दिउँसो १ बजे बस्दैछ । सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दबाब छ । तर, संविधान र कानुन बाझिएकाले त्यसलाई संशोधन गर्नुपर्ने सुझाव छ ।

स्थानीय तहको निर्वाचन मिति तोक्न ढिलाइ भइरहेका बेला संसदको बैठक बस्न लागेको हो ।

नेकपा एमालेले भदौदेखि संसद बैठक अवरुद्ध गरिरहेको छ । कार्यव्यवस्था परामर्श समिति बैठकले संसद बैठकमा पेश हुने एजेन्डा तय गर्ने अभ्यास छ । तर एमालेले अडान नछाडेका कारण संसदको अवरोध हट्ने सम्भावना न्यून छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१