Category: खेल

खेल

  • मौरिससविरुद्ध नेपालकाे गाेल

    मौरिससविरुद्ध नेपालकाे गाेल

    काठमाडाैं । नेपालले मौरिससविरुद्धकाे खेलमा गाेल गर्न सफल भएकाे छ । दाेस्राे हाफकाे ५४ औँ मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गरेका हुन् ।

    अन्जन विष्टको पासमा गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।

    चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै विमलले गोल गर्न सफल भएका हुन् । घरेलु टोली नेपाल र मौरिससबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको थियाे ।

    दोस्रो हाफको खेल जारी रहेको छ ।

  • माैरिससँगकाे खेलमा जितकाे लक्ष्यकासाथ मैदानमा उत्रने

    माैरिससँगकाे खेलमा जितकाे लक्ष्यकासाथ मैदानमा उत्रने

    काठमाडाैं । नेपाली राष्ट्रिय टोलीले पश्चिम अफ्रिकी देश मौरिसससँग दशरथ रंगशालामा खेल्ने तय भएको दुईमध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार हुँदैछ । खेल अघि दुवै टीमले जितको लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।

    मैत्रीपूर्ण खेल अघि शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्री म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरन चेम्जोङले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा छुट्टै अनुभव हुने बताए । उनले मैत्रीपूर्ण खेल भए पनि सकारात्मक नजिताको अपेक्षा रहेको बताए । चेम्जोङले नेपाली टोली खेलका लागि तयार रहेको समेत बताए । सबै खेलाडीहरु लिग खेलेर राष्ट्रिय टिममा आउनु भन्दै उनले सबै फिट देखिएरहेको बताए ।

    नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो खेलका लागि नेपालले सबै तयारी पुरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तिलाई सुधारेर प्रदर्शन गर्ने बताए । त्यस्तै, मरिसस फुटबल टोलीका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको बताए । मरिससले पछिल्ला साढे दुई वर्षदेखि खासै खेलहरु खेल्न पाएको नपाए पनि अहिलेको खेलका लागि ४५ दिनको अभ्यास गरेका जानकारी दिए ।

    कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शकसहित अन्तर्राष्ट्रिय फुटबलको आयोजनाका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तयारी पूरा गरेको छ । करिब १५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा बढीमा ५ हजार दर्शकले प्रवेश पाउनेछन् ।

    प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणमा रहेका ३४ जना खेलाडीलाई नै समेटेर राष्ट्रिय टोली निर्माण गरेका छन् । दुई खेलका लागि फरक फरक टोली बनाएर प्रशिक्षक अल्मुताइरीले नयाँ प्रयोग गरेका छन् । मौरिससको फिफा वरीयता १७२ र नेपालको १६९ छ ।

  • म सधैँभरी कप्तान हुन आएकाे हाेइन : ज्ञानेन्द्र मल्ल (भिडियोसहित)

    म सधैँभरी कप्तान हुन आएकाे हाेइन : ज्ञानेन्द्र मल्ल (भिडियोसहित)

    काठमाडाैं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले विभिन्न कारण देखाएर आफूलाई कप्तानबाट हटाउँदा दु:ख लागेको बताएका छन् ।

    मंगलबार टियु क्रिकेट मैदान मंगलबार संचारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरु लगाएर हटाउँदा दु:ख लागेको बताएका हुन् । आफूले धेरै वर्ष क्रिकेटलाई दिएको र बिना कारण विभिन्न कुराहरु निकालेर आरोप लगाउनु दु:खको विषय भएको उनकाे भनाइ थियाे । क्यानलाई आफूहरुले सदैव सम्मान गर्ने भन्दै उनले बोर्डको विरुद्धमा जाने, बोर्डलाई निच बनाउने काम कहिले नगरेकाे जिकिर गरे ।

    मल्लले आफू सधैँ कप्तान बन्न नआएको र आफू सधैँ देशको लागि र आफ्नो लागि खेल्ने बताए । मल्लले वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको पनि बताए । नेपाली क्रिकेट अघि बढाउन एक जुट भएको र टिमका खेलाडीबीच कुनै मनमुटाब नभएको पनि उनले स्पष्ट पारे ।

    असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि आसन्न ग्लोबल छनोटका लागि सबै सबै खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन् । खुट्टाको चोटका कारण सागर ढकाल र हाल बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दिप लामिछाने बाहेक सबै खेलाडी मंगलबारबाट प्रशिक्षणमा फर्किएका छन् ।

    यसअघि क्यानले कारवाहीमा राखेर कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दिपेन्द्रसिंह ऐरीलाई हटाएको थियो भने सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो ।

    त्यसपछि उत्पन्न भएको विवादमा बारम्बारको छलफलपछि क्यान र खेलाडीले केही लचकता अपनाएर विवाद समाधान गरेका छन् ।

  • पूर्वकप्तान मल्लसहित असन्तुष्ट खेलाडीहरू फर्किए बन्द प्रशिक्षणमा

    पूर्वकप्तान मल्लसहित असन्तुष्ट खेलाडीहरू फर्किए बन्द प्रशिक्षणमा

    काठमाडाैं । पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा फर्किएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि शनिबारदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो । तर, नौ जना खेलाडीले भने बन्द प्रशिक्षणमा नआउने अडान लिएका थिए ।

    आइतबारसम्म असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा नफर्किएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दासानायकेलगायतले उनीहरूसँग वार्ता गरेका थिए । वार्ता सकारात्मक भएपछि असन्तुष्ट खेलाडी बन्द प्रशिक्षणमा फर्किएका छन् ।

  • मेस्सीलाई काेराेना संक्रमण

    मेस्सीलाई काेराेना संक्रमण

    काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फरवार्ड लियोनेल मेस्सीसहित चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    मेस्सीसँगै लेफ्ट ब्याक जुआन बर्नाट, ब्याकअप गोलरक्षक सर्जियो रिको र युवा मिडफिल्डर नाथनलाई कोरोना पुष्टि भएको पिएसजीले जनाएको छ ।

    पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले मेस्सी कहिले फ्रान्स फर्कने भन्ने अनिश्चित रहेको बताएका छन् । तर पोचेटिनोले अर्को आइतबार लियोनविरुद्धको खेलको लागि उपलब्ध हुने बताएका छन् ।

    कोरोना पुष्टि भएपछि उनीहरु कम्तीमा १० दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएपछि मेस्सीले ९ जनवरीमा हुने लियोनविरुद्धको महत्वपुर्ण खेल पनि गुमाउने सम्भावना देखिएकाे छ ।

  • यू-१९ एसिया कप : नेपालले कुवेतलाई दियाे २४० रनकाे लक्ष्य

    यू-१९ एसिया कप : नेपालले कुवेतलाई दियाे २४० रनकाे लक्ष्य

    काठमाडाैं । एसिसी यू-१९ एसिया कपमा नेपालले कुवेतलाई २४० रनकाे लक्ष्य दिएकाे छ । शारजाह क्रिकेट स्टेडियममा भएकाे खेलमा कुवेतले टस जितेर फिल्डिङ राेजेकाे थियाे ।

    नेपाल ४२ दशमलव ३ ओभरमा अलआउट भएकाे हाे ।  नेपालका लागि स्पिन अलराउन्डर बशिर अहमदले ६१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले ।

    यस्तै, विवेक रानामगरले ७१ बलमा ६ चौकासहित ५० रनको योगदान दिए । यसैगरी, आदिल अन्सारीले आक्रामक ब्याटिङ गरी ४२ बलमा २ चौका र ५ छक्कासहित ४९ रनकाे याेगदान दिए ।

    नेपाल र कुवेत दुबै सुरुवाती दुई खेलमा लगातार हारसहित प्रतियोगिताबाट बाहिरी सकेका छन् ।

  • यू-१९ एसिया कप : नेपाल बंगलादेशसँग १५४ रनले पराजित

    यू-१९ एसिया कप : नेपाल बंगलादेशसँग १५४ रनले पराजित

    काठमाडाैं । एसिसी यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएकाे छ । बंगलादेशले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको थियाे ।

    जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४२.३ ओभरमा पूरा विकेट गुमाएर १४३ रनमात्र बनाउन सफल भयाे ।

    नेपालका लागि गुलसन झाले २८ बलमा ३५ रन, विवेक मगरले ६० बलमा ३३ रन र विवेक यादव ३४ बलमा २६ रनमात्र बनाउन सफल बने । अन्यले राम्राे प्रदर्शन गर्न सकेनन् ।

    बंगलादेशका मोहम्मद तान्जिन हसन, रकिबुल हसन र एसएम मेहरोब हसन र होहमान नयोनले २–२ विकेट लिए ।

    शारजाह क्रिकेट स्टेडियम युएईमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनाएको थियो । बंगलादेशका शीर्षक्रमका ब्याटर मोहम्मद प्रान्तिक नवरोज नाबिलले १ सय १२ बलमा ११ चौका र १ छक्कासहित १ सय २७ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए ।

  • अन्डर-१९ एसिया कप : नेपालसामु बंगलादेशकाे २ सय ९८ रनकाे विशाल लक्ष्य

    अन्डर-१९ एसिया कप : नेपालसामु बंगलादेशकाे २ सय ९८ रनकाे विशाल लक्ष्य

    काठमाडाैं । युएईमा जारी अन्डर-१९ एसिया कप अन्तर्गत पहिलो खेलमा बंगलादेशले नेपाललाई २ सय ९८ रनकाे विशाल लक्ष्य दिएकाे छ । शारजाह क्रिकेट स्टेडियममा भएकाे खेलमा बंगलादेशले टस जितेर ब्याटिङ रोजेको थियाे ।

    बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनायो । बंगलादेशका मोहम्मद प्रान्तिक नवरोज नाबिलले १ सय १२ बलमा ११ चौका र १ छक्कासहित १ सय २७ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेले ।

    नेपालका लागि गुलशन झाले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए । मोहम्मद आदिल अन्सारीले ७ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । तिलकराज भण्डारीले ६ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

    नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ ।

  • क्यानका ६ केन्द्रीय सदस्यकाे माग : खेलाडीमाथि गरिएको नियोजित कारवाही फिर्ता हुनुपर्छ

    क्यानका ६ केन्द्रीय सदस्यकाे माग : खेलाडीमाथि गरिएको नियोजित कारवाही फिर्ता हुनुपर्छ

    काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका हुन् । नेपालमा सञ्चालन भएको ट्राइ–नेशन टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग उनीहरुले गरेका छन् ।

    उनीहरुले क्यानले एकलौटी रुपमा खेलाडीमाथि कारवाही गरेको आरोप लगाएपनि लगाएका छन् । पत्रकार सम्मेलनमा क्यानका सदस्य ऋषिराम गौतमले धेरै पटक असहमतिहरु जायर गरेपनि क्यानले आफूहरुको कुरा नसुनेको बताए । बहुमतको बलमा खेलाडीमाथि नियोजित रुपमा नै कारवाही गरिएको उनकाे भनाइ छ । आइसिसिबाट पूर्ण रुपमा प्रतिबन्ध फुकुवा नहुँदै क्यान अर्को विवादमा फस्न लागेको उनले बताए । त्यस्तै अन्य सदस्यहरुले धनगढीमा पुस दोस्रो साताका लागि तय भएको वार्षिक साधारण सभाको वैधानिक्ता माथिनै प्रश्न उठाएका छन् ।

    यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिएको थियो । यस्तै क्रिकेट टोलीको कप्तानीमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

    ‘नेपाल क्रिकेट संघ विधि र पद्धतिअनुसार चलोस्, आर्थिक कारोबारलगायत विधानमा उल्लेख भएअनुसार पारदर्शी ढंगले कार्य योजनाअनुसार सञ्चालन होस् भन्ने हाम्रो मान्यता हो। यदि संघमा त्यसो हुन सकेको छैन भने सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षणसमेत गराउँदछौँ। साथै नेपालमा सञ्चालन भएको ट्राई नेसन टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    हेर्नुहाेस् भिडियाे :

     

  • कारबाहीमा परेका चार खेलाडीकाे अपिल : निर्णयमा पुनर्विचार गरियाेस्

    कारबाहीमा परेका चार खेलाडीकाे अपिल : निर्णयमा पुनर्विचार गरियाेस्

    काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ललगायत ४ जना खेलाडीले कारबाहीको निर्णयमा पुनर्विचार गर्न अपील गरेका छन् ।

    क्यानले मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो हक अधिकारका लागि आवाज उठाएका आधारमा कारबाही हुने हो भने ब्याट र बल छोड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउने चेतावनीसमेत दिएका छन् ।

    यस्तो छ विज्ञप्ति :

    नेपाली क्रिकेटमा विकसित भइरहेको पछिल्लो घटनाक्रमले हामीलाई निकै दुःखी बनाएको छ । यति बेला हामी खेलाडीहरु T-20 ग्लोबल क्वालिफायर र WCLC जस्ता महत्वपूर्ण प्रतियोगिताहरुको तयारीमा व्यस्त हुन पाउनुपर्ने थियो । तर आफैं स्पष्टीकरण दिइहिँड्नु पर्ने अवस्था बनेको छ, यो राम्रो लागेको छैन ।

    तर नेपाल क्रिकेट संघ (क्यान)को पछिल्लो निर्णयपछि धेरै पत्रकार साथीहरुले चासो राख्नुभयो, हाम्रो धारणा माग्नुभयो । क्रिकेट संघको पत्र आओस्, त्यसपछि आफ्नो धारणा राखौंला भन्ने थियो । तर क्रिकेट संघले विज्ञप्ति नै जारी गरेर आफ्नो निर्णय सार्वजनिक गरिसकेको र पदाधिकारीहरुले पनि त्यसबारे सञ्चार माध्यमहरुमा आफ्नो धारणा ल्याइरहनु भएकाले हामीले पनि केही भन्नु उपयुक्त हुन्छ भन्ने लागेर यो पत्रकार सम्मेलन आयोजना गरेका हौं ।

    नेपाली क्रिकेट कुन अवस्थाबाट आजको स्थितिमा आयो, हामी खेलाडीहरुले कस्तो कठिन अवस्थामा पनि क्रिेकट खेलिरह्यौं, तपाईंहरुलाई भनिरहनु नपर्ला । हामीले कहिल्यै मैले के पाउँछु भनेर हेरेनौं । तलब आउँछ कि आउँदैन ? सेवा सुविधा के पाउँछौं ? सोधेनौं, खोजेनौं । हामी खेलाडीहरूको एउटै लक्ष्य हुन्थ्यो, आज पनि छ, कसरी मैदानमा राम्रो प्रदर्शन गर्ने, देशलाई जिताउने र सारा नेपालीहरुलाई खुसी दिने ।

    हिजो हामी डिजिभन फाइभमा थियौं । खेलाडीहरुको मेहनत र सबैको साथ सहयोगले नेपालले T-20 विश्वकप खेल्यो, ODI नेशनको मान्यता पायो । केही ऐतिहासिक सिरिज पनि जित्यौं । यो सफलतालाई निरन्तरता दिने मात्र होइन, अझ माथि लैजान सकियोस् हामी चाहन्छौं । तर यसका लागि मैदानमा खेलाडीहरुको मेहनतसँगै मैदान बाहिर पनि त्यही अनुसार वातावरण बनोस् भन्ने चाहन्छौं ।

    तर पछिल्लो समय खेलाडीहरूको ग्रेडिङलाई लिएर जुन विवाद देखिएको छ, यसले हामीलाई अत्यन्त्यै दुःखी बनाएको छ । हामीले बुझेको खेलाडीहरुको ग्रेडिङ उसले पाउने तलब मात्र होइन, देशका लागि गरेको योगदानको कदर पनि हो, अझ राम्रो गर्न प्रोत्साहन पनि हो ।

    नेपाली क्रिकेटमा सन् २०१५ तिर ग्रेडिङको सुरुवात भयो । हामीले बुझेसम्म नेपाल T-20 विश्वकपमा पुगपेछि आईसीसीले प्लेयर्स बेनिफिट फण्डबाट ५० हजार डलर टिमलाई खर्च गर्ने गरी उपलब्ध गराएको थियो । त्यसबेला तत्कालीन क्यान, प्रशिक्षक, कप्तान, उपकप्तान र केही सिनियर खेलाडीहरूबीच छलफल गरेर यो रकमलाई राष्ट्रिय टिमका १४/१५ खेलाडीलाई मात्र नभई क्याम्पमा रहेका अन्य खेलाडीसम्म पनि समेटेर अगाडि बढ्ने निष्कर्षमा पुग्यौं । त्यसअनुसार खेलाडीहरूको ग्रेडिङ गर्ने र मासिक तलब लिने व्यवस्था भयो । यसले हामी खेलाडीहरूको मनबल बढ्ने हाम्रो विश्वास थियो ।

    तर त्यसमा समस्या देखिन थाल्यो । समयमा तलब आएन, क्रिकेट संघ निलम्बनमा परेको बेला भनेर हामीले चित्त बुझयौं । जब क्यानको निलम्बन हट्यो, हामीलाई लागेको थियो अब अवस्था सहज हुँदै जाने छ । तर दुःखका साथ भन्नुपर्छ, क्यानले २०२० का लागि ढिला गरी गरेको ग्रेडिङ पनि विवादमा पर्‍यो । हामीले पनि आफ्नो धारणा राख्यौं, क्यान पनि छलफलका लागि तयार भयो । छलफलमा ग्रेडिङमा परेकाहरुलाई कायमै राख्दै अपग्रेड हुनुपर्नेहरुलाई अपग्रेड गर्ने, जो खेलाडीहरु ग्रेडिङमा छुटेका छन्, उनीहरुलाई समावेश गर्ने र आगामी दिनमा निश्चित मापदण्ड बनाएर समयमै सम्झौता गर्ने सहमति भएको थियो ।

    तर २०२१ को ग्रेडिङ पनि पूर्वसहमति अनुसार समयमै हुन सकेन । सुरुको तीन महिना अघिल्लो वर्षकै ग्रेडिङका आधार विना सम्झौता हामीलाई तलब दिइयो । त्यसपछि पनि ग्रेडिङमा प्रगति भएन, एकै पटक अक्टोबर अन्त्यतिर खेलाडीलाई बोलाएर सम्झौता पत्रमा हस्ताक्षर गर्न भनियो । मापदण्ड कस्तो बनेको छ, किन यो ग्रेडमा परेको हो भन्ने समेत जानकारी दिइएन । मापदण्ड बनाउँदा कप्तान, उपकप्तान र सिनियर खेलाडीहरुसँग परामर्श गर्ने विगतको परम्परा पनि तोडियो । केही खेलाडीले सम्झौतामा हस्ताक्षर गरे, तर ग्रेडिङमा त्रुटि भएको थाहा भयो । म स्वयंयले कार्यबाहक सचिवलाई फोन गरेर यसबारे जानकारी गराएको थिएँ । किनकी लागेको थियो, क्यानले सम्वाद गर्ला, विगतमा झै सम्वाद र छलफलको माध्यमबाट कमीकमजोरी पहिल्याएर सच्याउने अग्रसता लेला ।

    क्यानका पदाधिकारीहरुले पनि सार्वजनिक रुपमै स्वीकार गर्नुभएको थियो कि अप्रिल/मेमा मापदण्ड र ग्रेडिङ तयार भएको तर, अक्टोबरको बोर्ड बैठकमा पेश गरेर पास गरेका कारण यस्तो अवस्था आएको हो । ग्रेडिङ समयमै हुनुपथ्र्यो । जे सुकै कारणले होस्, १० महिना ढिला भइसकेको अवस्थामा राष्ट्रिय टिममा भएका, तर ग्रेडिङ छुटेकाहरुलाई पनि समावेश गरौं । ग्रेडिङमा पनि आवश्यकता अनुसार सुधार गरौं र आगामी दिनमा मापदण्ड बनाएर, त्यसअनुसार २०२२ समयमै सेन्ट्रल कन्ट्याक्ट होस् । यसका लागि क्यानले अग्रसरता लेओस् । क्यानका पदाधिकारीहरुसँग भएको सम्वादहरुमा पनि त्यही भनेका थियौं ।

    तर उल्टो सम्झौतामा हस्ताक्षर नगरेको तथा ग्रेडिङमा असन्तुष्टि जनाएको विषयलाई लिएर हामीलाई स्पष्टीकरण सोध्ने काम भयो । जवाफ दिनु हाम्रो कर्तव्य थियो, त्यसैले मापदण्डमा भएको त्रुटि सच्याउनुपर्ने मतसहित जवाफ दियौं । टिममा रहेका अरु साथीहरुले पनि ग्रेडिङमा त्रुटि भएको सच्याउनुपर्ने धारणा राखेपछि हामीले क्यानको ध्यानाकर्षण गरायौं । हामीले खेलाडीहरूले पाउँदै पाएको म्याच फि नपाएको, भत्ता पहिला भन्दा कम भएको, बिमा, रिह्याब नभएको, त्रिदेशीय सिरिज जितेको प्रोत्साहन स्वरुप पुरस्कारका लागि पहल गर्नुपर्ने लगायतका विषयमा पनि हामीले लिखित रुपमै ध्यानाकर्षण गराएका हौं । त्यसपछि क्यानले छलफलमा बोलायो । काठमाडौंमा उपलब्ध खेलाडीहरुसँग भएको त्यो छलफलमा सहभागी क्यानका केही पदाधिकारी र कर्मचारीहरुले सबै खेलाडीलाई मापदण्ड र सम्झौताका साथै अरु विषयमा पनि लिखित रुपमै जानकारी गराउने भन्नु भएको थियो । तर अहिलेसम्म कुनै जनकारी लिइएको छैन ।

    बरु केही दिनमै हामी चार जनालाई पहिलोको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै ७२ घण्टाभित्र स्पष्टीकरण दिन भनियो । हामीले दोस्रो पटक उहाँहरुलाई जवाफ दियौँ । हामीलाई लागेको थियो, हामीले उठाएका विषयमा क्यानको बोर्ड बैठकमा छलफल होला, निकास खोज्ला । तर क्यानका कतिपय पदाधिकारीबाट सार्वजनिक रुपमा हामीलाई लान्छना लगाउने, कारबाही गर्नेसम्मका धम्की दिने काम भयो । तर एक्कासी कप्तान र उपकप्तान हटाउने, २०२२ मा ६ महिनासम्म सेन्ट्रल कन्ट्याक्टमा नराख्ने जस्ता कारबाही गरेको समाचारहरु आए । यसले हामीलाई निकै दुःखी बनाएको छ । के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवज उठाएकै आधारमा देशका बर्षै खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरुलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?

    हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।

    ज्ञानेन्द्र मल्ल

    दीपेन्द्र सिंह ऐरी

    सोमपाल कामी

    कमल सिंह ऐरी

    याे पनि पढ्नुहाेस् ।

    खेलाडीमाथि कारबाही गरिएको विषयमा प्रचण्डले गराए देउवाको ध्यानाकर्षण

    अनुशासन उल्लंघन गरेकाे आरोपमा कप्तान ज्ञानेन्द्र र उपकप्तान दिपेन्द्र हटाइए